Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

चालक अनुमतिपत्र : सेवाग्राहीको सास्तीलाई कम गर्न अधिकृत शाहको अनुभव र सरकारलाई सुझाव


 

काठमाडौं। हाल यातायात कार्यालयहरू बाट सवारीचालक अनुमतिपत्र जारी गर्दा सेवाग्राहीको सास्ती लाई र भष्टाचार विवाद रहित बनाउन मोटरसाइकल र स्कूटी को हकमा मा दुई पटक सम्म खुट्टा टेकन दिने र पोल ढालेमा वा सवारी साधन सहित लडेको खण्ड मा फेल गर्ने व्यवस्थालागु गर्न सकिन्छ। उकालो ओरालोतिर वर्तमान व्यवस्थालाई संशोधन गरी भएको धर्का अगाडि पछाडि ९ इन्च को अर्को थप रातो धर्का तानीदिने ।

कारको हकमा हर्न बजारमा वाइफर चलाएमा फेल नगरने र उकालो ओरालोतिर ९ ईन्च धर्का पछाडि थप रातो धर्को तानि दिने रातो धर्का नाघिएमा फेल गर्नुपर्छ र एल बाइक को हकमा अगाडि पछाडि गरी पोल नछुने गरि पार्किङ गर्न दिनुपर्छ ।

उपरोक्त व्यवस्था लागु गर्न सकेमा विचौलिया अन्तिम हुनेछ भने पास प्रतिशत ८०% ले वृद्धि हुन्छ। सुशासन को अवधारणा सकार बन्छ।
ब्लुबुक नविकरन र सबारी करको हकमा वार्षिक कर तिर्नुपर्छ त्यस लाई स्मार्ट लाइसेन्स जस्तै ५ वर्षको नविकरन र कर तिर्नु पर्ने व्यवस्थालाई अनिवार्य लागु गर्ने र ई सेवा लागयत विधुतिय माध्यमबाट नविकरन र कर वुझिलिने व्यवस्था मिलाउने ।

प्रत्येक वर्ष स्थानीय तह सम्म घुम्ती सेवाबाट सवारीचालकअनुमतिपत्र ९ लाईसेंस र ब्लुबुक नविकरन गर्ने व्यवस्था मिलाई सुशासन कायम गर्नुपर्छ।
दुर्घटनालाई नन्यून गर्न यातायात सवारीचालक अनुमतिपत्र बाटो सम्बन्धी शिक्षा माध्यमिक विद्यालय तहका सामाजिक किताब मा पठनपाठन गराउन व्यवस्था मिलाउने सकिन्छ ।

उपेन्द्र शाह यातायात सेवा कार्यालय काठमाडौं अधिकृत हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र शाह, #सवारीचालक अनुमतिपत्र


तपाईको कमेन्ट लेख्नुहोस्