राजकीय सम्मानका साथ पेलेको अन्त्येष्टी
काठमाडौं । ब्राजिलका फुटबल हस्ती एद्सो अरान्तेस दो नासिमेन्तो (पेले) को मंगलबार राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।
अन्त्येष्टी अघि पेलेको पार्थिव शरीरलाई ब्राजिलको सन्तोष एफसी रंगशालामा राखिएको थियो । जहाँ हजारौं मानिसले श्रद्धाञ्ली अर्पण गरेका थिए । २४ घण्टासम्म रंगशालामा राखिएको पेलेप्रति सम्मान ब्यक्त गर्न देश विदेशबाट लाखौं मानिसहरू सहभागी भएका थिए । अन्त्येष्टी समारोहका बेला उनका समर्थक र सर्वसाधारणकाे रुवाबासी चलेको थियो ।
रंगशालाबाट अन्त्येष्टी स्थलसम्म पुर्याउँदा लाखौं सर्वसाधारण बाटोबाटोमा भेला भई गुनगान गरेका थिए । साओ पाउलोको सडकमा शव यात्रापछि विशेष चिहानमा उनको अन्तिम दाह संस्कार गरिएको हो । पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो । पछिल्लो समय मृर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
ब्राजिलियन फुटबल महासंघले पेलेलाई सर्वकालिन महान खेलाडी भन्दा धेरै उच्च व्यक्तित्व भन्दै सम्मान प्रकट गरेको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
ट्याग : #अरान्तेस दो नासिमेन्तो (पेले)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्