के सारा र कार्तिक फेरि छन् डेटिङमा ?
एजेन्सी । भारतीय अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यन फेरी प्रेम सम्बन्धमा रहेका छन् ।
उनीहरू फेरि प्रेम सम्बन्ध भएको खुलासा भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
फिल्म लभ आजकल २ फिल्मको छायांकन क्रममा उनीहरूबीच प्रेम सम्बन्ध गाँसिएको खबर बाहिरिएको थियो । केही समयपछि उनीहरूको ब्रेकअप भएको खबर पनि सार्वजनिक भयो । हालै उनीहरू फेरि प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको छ ।
कार्तिक र सारा आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा रहन्छन् । यतिबेला दुवै जना देश बाहिर घुम्न गएका छन् । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सारा लण्डनमा छिन् ।
साराले सामाजिक सञ्जालमा आफ्नो भाइ इब्राहिम अली खान र साथीसँग तस्बिर सेयर गरिरहेकी छन् भने कार्तिकले पनि सोही स्थानमा घुमिरहेको तस्विर एउटै समयमा सार्वजनिक गरेका छन् ।
सार्वजनिक तस्बिरको आधारमा उनीहरू फेरि एकसाथ भएको अनुमान गरिएको छ । सारा र कार्तिकले एकै समयमा एकपछि अर्को तस्बिर पोस्ट गरेका थिए । जसमा रंगीन पृष्ठभूमि देखिन्छ ।
कार्तिक आगामी फिल्म ‘शहजादा’ मा देखिनेछन् । योसँगै उनी ‘क्याप्टेन इन्डिया’ र ‘सत्यप्रेमकी कथा’ मा पनि देखिनेछन् । सारा लक्ष्मण उटेकरको ‘अनटाइटल्ड’ फिल्ममा देखिनेछिन् । यो फिल्ममा उनीसँगै विक्की कौशलको पनि मुख्य भूमिका रहनेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #कार्तिक आर्यन, #सारा अली खान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्