Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन


काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन हुनुभएको छ ।

जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो ।

गत मंसिर ४ गते भएको आम निर्वाचनमा महोत्तरी क्षेत्र नं। ४ ९१० बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।

मधेश प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेका २३ सांसद छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #सरोज यादव


तपाईको कमेन्ट लेख्नुहोस्