Techie IT
शनिबार, कात्तिक २९,२०८३

प्रतिनिधिसभा सदस्य आले र राईद्वारा शपथ ग्रहण


काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले एकिकृत समाजवादीका प्रेम बहादुर आले र नेपाली काँग्रेसकी माया राईलाई आज सिंहदरबारमा पद तथा गोपनीयताको शपथ  गराउनु भयो ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका आले डोटीबाट निर्वाचित हुन भएको हो भने राई नेपाली काँग्रेसको समानुपातिक तर्फबाट प्रतिनिधि सभामा सदस्य मनोनीत हुनु भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रेम बहादुर आले


तपाईको कमेन्ट लेख्नुहोस्