यातायात कार्यालयमा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको अनुगमन र निरीक्षण
काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आज यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन, निरीक्षण र छड्के जाँच गर्नुभएको छ ।
अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारणका गुनासा सुन्दै अन्तरक्रिया समेत गर्नुभएको उहाँकाे सचिवालयले जानकारी दिएकाे छ । साथै उहाँले सेवालाई प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन पनि दिनुभएको छ ।
सेवा दिने समय बढाउन, छिटो छरितो ढंगले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । कहिकतैबाट गलत भएको जानकारी आए तत्काल कारबाही गर्ने उहाँले बताउनुभयो ।
एकान्तकुनाको अनुगमनपछि उहाँ यातायात कार्यालय ठुलो भर्याङ र गुर्जुधारामा समेत पुगी अनुगमन र निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्