लिबियामा अज्ञात व्यक्तिका १८ शव भेटिए
काठमाडौं । लिबियाका अधिकारीहरुले त्यहाँको उत्तरी तटीय सहर सिर्तेमा अज्ञात व्यक्तिका १८ ओटा शव भेटिएका आइतबार जनाएका छन् । सिर्ते सबा क्षेत्रमा गत हप्ता ती शवहरु भेटिएपछि ती शव नजिकैको एक सरकारी अस्पतालमा लगिएको पनि ती अधिकारीले जनाएका छन् ।
बेपत्ता व्यक्तिहरुको खोजी गर्ने यहाँको सरकारी निकायका एक अधिकारीले ती शव भेटिएपछि अस्पताल पु¥याइएको र उनीहरुको पहिचानका लागि प्रयोगशालामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
उनले ती व्यक्ति को हुन् र के कति कारणले उनीहरुको मृत्यु भएको हो या हत्या भएको हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जनाएका छन् । गएको अक्टोबर महिनामा पनि सिर्ते क्षेत्रकै एक सरकारी विद्यालयमा गाडिएको अवस्थामा ४२ ओटा शव भेटिएको यहाँको प्रहरीले जनाएको थियो ।
सन् २०१६ मा सिर्ते सहरबाट विस्थापित गर्नुअघि सो सहरमा यहाँका स्लामिक स्टेट अतिवादीहरुले कब्जा जमाएका थिए । सोही समयमा कैयौँ व्यक्तिको हत्या पनि भएको थियो । पछिल्लो समयमा भेटिने गरेका अज्ञात शवहरु उनीहरुले नै हत्या गरेका हुनसक्ने अनुमान प्रहरीले गर्ने गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #लिबिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्