सीडीओहरुलाई गृहमन्त्रीको निर्देशन- आवाज विहीनहरुको आवाज सुन्नुस्
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् ।
सोमबार बिहान भएको भर्चुअल बैठकमा गृहमन्त्री लामिछानेले जनताको सेवामा समर्पित भएर चुस्ता दुरुस्त रुपमा सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
लामिछानेले आवाज बिहिनहरुको आज सुनेर काम गर्न कडा निर्देशन दिए । यस्तै, लामिछानेले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहिँ कतैपनि देखिनुनहुनेमा जोड दिएका छन् ।
प्रजिअहरुलार्ई गृहमन्त्री लामिछानेले जागिर खाए जस्तो गरेर नभई स्प्रीटका साथ काम गर्न निर्देशन दिए ।
अहिले चिसो बढिरहेको भन्दै जनतालाई शीतलहरबाट जोगाउन यथाशक्य काम गर्न निर्देशन गृहमन्त्री लामिछानेले दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गृहमन्त्री, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्