राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्दको कार्यालयमा आयोगका पदाधिकारीहरुसँगको छलफलमा दाहालले निर्देशन दिएका हुन् ।
त्यसैगरी राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक पक्रिया थाल्न उनले निर्देशन दिएका हुन् ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछाने, आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका आयुक्तहरु उपस्थित थिए ।
आयोगका आयुक्तहरुले निर्वाचन आयोगको काम कारवाही र निर्वाचन प्रक्रियाबारे प्रधानमन्त्री दाहाललाई जानकारीसमेत गराएका थिए ।
छलफलका क्रममा प्रधानमन्त्री दाहालले स्थानीय तह, प्रतिनिधि र प्रदेश सभा निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवादसमेत दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्