पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्सबीचको खेल जारी
काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्सबीचको खेल अहिले जारी रहेको छ ।
कीर्तिपुर मैदानमा सोमबार बिहान ९ बजदेखि सुरु भएको पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्स् भिडिरहेका छन्। सोमबार दिउँसो १ बजेबाट सुरु हुने दोस्रो खेलमा फारवेस्ट युनाइटेड र जनकपुर खेल्ने भएका छन् । काठमाडौं ५ खेलमा तीन वटा जित र दुई हारसहित अंक ६ बटुल्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै पोखरा एभेञ्जर्स ७ खेलमा दुई वटा मात्रै जित हात पार्दै ४ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै जनकपुर ६ वटा खेलबाट ४ जित हात पार्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । ५ खेलमा एउटा मात्रै जितेको फारवेस्ट दुई अंकसहित तालिकाको पुछारमा रहेको छ ।
यो लिगका विजेताले ५५ लाख, उपविजेताले ३० लाख, तृतीयले १० लाख र चौथो हुनेले ५ लाख नगद पुरस्का पाउने भएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #काठमाडौं नाइट्स, #टी-२० लिग, #पोखरा एभेञ्जर्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्