“बामपन्थी मतलाई सम्मान गर्नुपर्दछ”– डा. देवकोटा
नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा बाग्मती प्रदेश सभा सदस्य डा. दिनेशचन्द्र देवकोटाले देशमा रहेका वामपन्थी मतलाई सम्मान गर्नुपर्ने वताउनुभएको छ ।
बाग्मती प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा डा.देवकोटालाई वधाई ज्ञापन गर्न नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रममा वोल्दै उहाँले सो कुरा वताउनुभएको हो । वामपन्थी पार्टी नेतृत्वको वर्तमान गठवन्धन सरकारले वामपन्थी मतलाई सम्मान गर्न सक्नुपर्ने वताउँदै देवकोटाले बाग्मती प्रदेश सभामा बुद्धिजीवीको प्रतिनिधिका रुपमा आफूले फरक र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । राष्ट्र निर्माणमा प्रभावकारी भूमिका खेल्न सक्ने बुद्धिजीवीहरुलाई पार्टीले पहिचान गर्न थाल्नु सकारात्मक भएको समेत उहाँको धारणा छ ।
वधाई कार्यक्रममा वोल्दै परिषद्का महासचिव गजेन्द्र थपलियाले जनसंगठनको मान्यता पाएपछि पार्टीले पहिलोपटक परिषद्लाई यस्तो अवसर उपलव्ध गराएको वताउनुभयो । बुद्धिजीवीलाई पहिचान गरेकोमा पार्टीलाई धन्यवाद दिदैं महासचिव थपलियाले अध्यक्ष देवकोटालाई सफल पार्न सवै बुद्धिजीवीहरुले भूमिका खेल्ने वताउनुभयो ।
कार्यक्रममा वोल्दै परिषद्का सचिव ऋषि खनालले पार्टीले बुद्धिजीवीलाई पहिचान गर्दा सकारात्मक सन्देश गएको वताउनुभयो । यसैगरी परिषद्का सचिवालय सदस्य डा. रामहरि लामिछानेले डा. देवकोटामा रहेको विज्ञता र सकारात्मक सोचले यस प्रदेशको भौतिक पूर्वाधार र सामाजिक विकासमा योगदान पुग्ने वताउनुभयो ।
यसैगरी केन्द्रीय सदस्य डा राजेन्द्र चापागाइले आलोचनात्मक चेतका साथ अरुले नसोचेका, नथालेका कामको थालनी गर्न र निष्कर्षमा पुर्याउन सुझाव दिनुभयो । लामो समयदेखि परिषद्को नेतृत्वमा रहेका देवकोटा नेकपा एमालेका तर्फबाट बाग्मती प्रदेश सभा सदस्यमा समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएको हो । उहाँले यस अगाडि राष्ट्रिय योजना आयोगको उपाध्ययको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
कार्यक्रममा गोविन्द शाही, टिका ढकाल, डा. शिव अधिकारी, विपिन चित्रकार लगायतका बुद्धिजीवीहरुले राष्ट्र निर्माणमा बुद्धिजीवीहरुको भूमिकालाई पार्टी र सरकारले थप पहिचान गर्नुपर्ने वताउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल बुद्धिजीवी परिषद्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्