सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन भोलिदेखि शुरु हुने
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन भोलिदेखि शुरु हुने भएको छ ।
प्रदेश प्रमुख देवराज जोशीले भोलि पुस १८ गते दिउसो १ः०० बजेदेखि शुरु हुने गरि प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभाको पहिलो बैठक बस्ने कार्य तालिका रहेको छ ।
प्रदेशसभा सचिव देवबहादुर बोगटीले प्रदेशसभाको दोस्रो कार्यकालको (अधिवेशन) पहिलो बैठक सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । भोलिको बैठकमा सभामुख र उपसभामुख चयन लगायतका विषयमा कार्यसूची पेश गर्ने तयारी रहेको र त्यसका लागि आज सर्वदलीय बैठक डाकिएको उहाँले बताउनुभयो ।
५३ सदस्यीय प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नहुँदा मिलीजुली सरकार बन्ने देखिन्छ । सरकार बनाउन बहुमतका लागी २७ जना आवश्यक पर्छ ।
यहाँ नेपाली काँग्रेस १९ जना प्रदेशसभा सदस्यसहित पहिलो दल रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र ११ जना, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७ जना, नेकपा एकीकृत समाजवादी ४ जना, राप्रपा १ र स्वतन्त्रबाट १ जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्