नेफ्टा अवार्डको शीर्ष गीतका लागी गायक अल्मोडा अनुबन्धित
अमेरिकामा हुने ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा राना उप्रेती अनुबन्धित भएका छन् ।
सहमतिअनुसार अल्मोडाले अवार्डको शीर्ष गीतलाई निर्माण गर्नेछन् । म्युजिक भिडियो र पाश्र्वगायनमा समेत चर्चित यी गायकको संलग्नताले अवार्डको सांगीतिक पक्षलाई अब्बल बनाउने आशा लिएको आयोजक पक्षका किसन रेग्मीले जनाएका छन् ।
आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ नेफ्टाको ११ औं संस्करण सम्पन्न हुँदैछ । यसअघि मलेसिया, हङकङ, कतार र यूएईमा कार्यक्रम गरिसकेको नेफ्टाले यसपटक अमेरिकामा कार्यक्रम गर्न लागेको हो ।
अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले यूएस खबर, फेम नेपाल, आर्यन फिल्म्स र ८८४८ मिडीया हाउससँग सहकार्य गर्दैछ । आगामी जनवरीमा हुने पत्रकार सम्मेलनमार्फत अवार्डबारे विस्तृत जानकारी सार्वजनिक गर्ने नेफ्टाको तयारी छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्