एमाले सौदाबाजी र बदलाको राजनीति गर्दैन: नेता थापा
नेकपा (एमाले) का युवा नेता सूर्य थापाले नेकपा (माओवादी केन्द्र) सँगको सम्बन्ध सुध्रिएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचकका रुपमा चिनिएका थापाले एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेसँगै सम्बन्ध सुध्रिएको बताएका हुन् ।
‘प्रचण्डसँग सम्बन्ध बिग्रिएको थियो, उनि बालकोट गएर लयमा फर्किए । कलाकारहरुले ‘के छ खबर पुरानो जोडाको’ भनेर गीतसमेत बनाइसके,’ थापाले भने ।
साथै नेपाली कांगे्रसको नेतृत्वमा रहेको पूर्व पाँच दलीय गठबन्धनलाई थापाले बदनाम, जनविरोधी, विकास विरोधी र निकम्मा गठबन्धनको संज्ञा दिएका छन् । हालै सम्पन्न मंसिर ४ को निर्वाचनले कांगे्रस सभापति शेरबहादुर देउवा नेतृत्वको अप्राकृतिक गठबन्धनको विदाइ भएको उनले बताए । ‘यो आवधिक निर्वाचनबाट पुरानो जनादेशसँगै परमादेश विदाइ भयो । ठग बन्धन विदाइ भयो । शेरबहादुर देउवा विदाइ हुनुभयो । उनको नेतृत्वमा मिलेर बनेको ‘कालेकाले मिलेर खाउ भाले’ गठबन्धन असैद्धान्तिक, अप्राकृतिक र केही काम गर्न नसक्ने गठबन्धन विदाइ भयो,’ उनले भने ।
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अब दरार नआउने र माओवादीसँग वाम एकता चाहिँ नहुने उनले बताएका छन् । अहिलेको सरकारमा राष्ट्रपति र सभामुख एमालेको भागमा रहेको र एमालेसँग राष्ट्रपति बनाउनका लागि एक सय एक उम्मेदवार रहेको उनले बताए ।
साथै, एमालेले सौदाबाजी र बदलाको राजनीति नगर्ने दाबी गर्दै अबका दिनमा माओवादीसँग विश्वासको राजनीति सुरु भएको उनले बताए । नेकपा (एकीकृत समाजवादी) सँग घाम जून रहेसम्म पार्टी एकीकरण हुन नसक्ने र माधव नेपाललाई एमालेले राष्ट्रपतिको रुपमा अगाडि सार्ने कुरा हल्ला मात्रै भएको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #सूर्य थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्