प्रहरी मुख्यालय पुगेर गृहमन्त्रीले दिए चेतावनी- सरुवा बढुवाका लागि नेताको घर धाए कारबाही गर्छु
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पहुँचको दुरुपयोग गर्दै व्यक्तिगत कामका लागि राजनीतिक दलका नेताहरुकोमा नधाउने प्रहरी प्रशासनलाई चेतावनी दिएका छन् ।
प्रहरी प्रधान कार्यालय नक्शालमा पुगेर गृहमन्त्री लामिछानेले सरुवा, बढुवा लगायतका लागि नेताका घरमा धाएमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
लामिछानेले सरुवा, बढुवा सबै कार्यविधिमा रहेर मात्रै हुने स्पष्ट पारेका छन् ।
‘सरुवा, बढुवा बाहिरबाट हुँदैन । सरुवा, बढुवाका लागि नेताका घरमा धाएको जानकारी पाए कारबाही गर्छु, गृहमन्त्री लामिछानेले भने ।
गलत काम गरेको जानकारीमा आए कसैको पनि कुरा नसुनी कारबाही गर्ने र राम्रो काम गर्ने प्रहरीलाई सम्मानित गरिने लामिछानेले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्