काकीको हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
महेन्द्रनगर । आफ्नै काकीको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेह नगरपालिका–७ बेलापट्टी बस्ने २० वर्षीय दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सोमबार साँझ ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनको १४ महिनाको छोरा घाइते भएको प्रहरीमा खबर गएको थियो । प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजोले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीको अनुसन्धान टोली घटनास्थलमा जाँदा मृतकको शवमा गम्भीर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव फेला परेको हो । कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलीपलाई शङ्कास्पद अवस्थामा फेला परेको र उनको हातको बुढी औला तथा घाटीको भागमा स–साना चिथोरिएको जस्तो दाग देखिएको थियो ।
जिल्ला प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीका अनुसार दिलीपको शरीर खान तलासी गर्दा उनले लगाएको अन्डर वेयरभित्र मृतकले प्रयोग गर्ने मोबाइल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडि भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला परेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्