नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताका लागि लामा र बाँनियाले गराए उम्मेदवारी दर्ता
हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताका लागि बहादुर सिं लामा र इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार बिहान प्रदेशसभाको प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा दलको नेताका लागि पार्टीका केन्द्रीय सदस्य समेत रहेका लामा र प्रदेश सभापति बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् ।
लामाको उम्मेदवारी दर्ताका लागि प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा उर्मिला नेपाल, तिर्थ बहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन् भने बानियाँको प्रस्तावकमा प्रभात तामाङ र समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् ।
दलको नेताको लागि उम्मेदवारी दर्ता गराएका लामा र बानियाँ दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।
निर्वाचनको कार्यक्रम अन्तर्गत मदतान कार्यक्रम आजै २ बजेदेखि ३ बजेसम्म हुने कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । मतदान समाप्त भए पश्चात आजै मतगणना र मतपरिणामको घोषणा हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस, #बागमती प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्