Techie IT
बुधबार, कात्तिक २६,२०८३

माधवलाई भेटेर बामदेवले भने- समाजवादी पनि सरकारमा जानुपर्छ, नगए गम्भीर भुल हुने


पुस । नेपालका कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का अध्यक्ष बामदेव गौतमले वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सुझाव दिएका छन् ।

मंगलबार समाजवादी पार्टी कार्यालय तीनकुनेमा नेपालसंग छलफल गर्दै नेता गौतमले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि अहिलेको सरकारमा सहभागी हुन अध्यक्ष नेपाललाई सुझाव दिएका हुन् ।

छलफलपछि गौतमले माओवादीले एमालेसंग मिलेर सरकार बनाएको अवस्थामा नेकपा समाजवादी सरकारमा सहभागी हुनुपर्ने र सहभागी हुन नसके गम्भीर भुल हुने जिकिर गरे ।

प्रचण्डले समाजवादीसंग सम्मानजनक छलफल नगरि एक्लै एमालेसंग मिल्न जानु आलोचनाको बिषय भएको गौतमको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #समाजवादी पनि सरकारमा जानुपर्छ


तपाईको कमेन्ट लेख्नुहोस्