कांग्रेस बागमती प्रदेशको संसदीय दलको निर्वाचन आज, नेताको लागि देउवा समूहका लामा र बाँनिया भिड्दै
पुस । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ ।
संसदीय दलको नेताको विषयमा सहमती नजुटेपछि आज निर्वाचन हुने भएको हो । नेताका लागि नुवाकोट-२ को २ बाट प्रदेशसभामा निर्वाचित बहादुर सिं लामा र मकवानपुर-२ को २ बाट निर्वाचित इन्द्रबहादुर बानियाँ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
लामा पार्टीका केन्द्रीय सदस्य हुन् भने बानियाँ बागमती प्रदेश सभापति हुन् । लामा र बानियाँ दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।
मंगलबार हेटौंडामा लामा र बाँनिया दुबैले छुट्टाछुट्टै भेला गरेका थिए । ४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकसहित गरेर ३७ सिट प्राप्त गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समिति अनुसार उम्मेदवारको लागि दरखास्त आज बिहान ८ बजेदेखि १० बजेसम्मका लागि समय रहेको छ भने उम्मेदवारको दरखास्त उपर दाबी विरोध बिहान ११ बजेदेखि ११ः३० बजेसम्म रहेको छ ।
यसैगरी, उम्मेदवारले नाम फिर्ता लिने समय दिउँसो १२ः३० देखि १ बजेसम्म समय रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १ः४५ बजे हुनेछ ।
बागमती प्रदेशसभाको प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा हुने निर्वाचनको मदतान कार्यक्रम आजै २ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यहरुले मतदान गर्न पाउनेछन् । समितिका अनुसार मतदान समाप्त भए पश्चात आजै मतगणना र मतपरिणामको घोषणा हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #\, #breaking, #कांग्रेस बागमती प्रदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्