बन्द कोठामा हुने आलोपालोको सहमतिमा कांग्रेस जवाफदेही हुन सक्दैन: गगन थापा
पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बन्द कोठामा सरकारको आलोपालो गर्ने निर्णय मान्य नहुने बताएका छन् ।
बुधबार बिहान सम्पन्न संसदीय निर्वाचनमा पराजित भएपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै थापाले कांग्रेसको नेतृत्वमा नै सरकार बनाउनुपर्ने भन्दै अध्यारो कोठामा आलोपालो प्रधानमन्त्रीको सहमति गर्न नहुने बताए ।
बन्दकोठामा भएका सहमतिको जवाफदेही कांग्रेस हुन नसक्ने उनको भनाई छ । त्यस्तै महामन्त्री थापाले निर्वाचनको परिणामलाई आफूले सहज रुपमा स्वीकार गरेको बताएका छन् ।
अर्को पटक फेरि संसदीय दलको नेतामा लड्ने बताउँदै थापाले बन्द कोठामा आलोपालो सरकारको सहमति भए आफु सरकारमा सहभागी नहुने बताए ।
थापालाई पराजित गर्दै कांग्रेस सभापति देउवा छैठौँ पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । यसअघि उनी विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गगनकुमार थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्