राज्यशत्ता र शक्तिको दुरुपयोग गरेर एमालेको विजय खोसियो: केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चुनाव नहारेको बताएका छन् । मंगलबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूहरुले घेराबन्दी र धाँधलीका बीच चुनाव जितेको बताए ।
‘हामी हारेका छैनौं, हामीले जितेका छौं, हामीले हार्नुहुदैन । हामीले हार्दा हाम्रो उद्देश्य हार्छ, देशको आकांक्षा हार्छ, हाम्रो गन्तव्य हार्छ’ उनले भने ।
अपेक्षा गरेको सिट ल्याउन नसके पनि आफूहरुले उत्सव मनाइरहेको अध्यक्ष ओलीले बताए ।
‘राजनीतिक भविष्यवाणी कस्ता थिए ? माटो चटाउँछौं, धुलो चटाउँछौं, भित्तामा पु¥याउँछौं, टर्च बालेर खोज्नुपर्छ भनेका थिए’ ओलीले भने, ‘टर्च बालेर होइन, टर्च बाल्न पर्दैन नेकपा एमालेको गति र चाल जसले जहाँबाट पनि सुन्न सक्छ विश्वभरिबाट ।’
एमालेमाथि चौतर्फी हमला हुँदैनथ्यो भने देशलाई स्थिरता दिने अवस्थामा आफूहरु हुने उनले बताए । तर राज्यशत्ता र शक्तिको दुरुपयोग गरेर आफूहरुको विजय खोसिएको ओलीले बताए ।
‘राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भएको छ । राज्यका विभिन्न अंगको दुरुपयोग भएको छ । सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारमाथि हमला भएको छ । सार्वभौम जनताले शान्तिपूर्ण निर्भय वातावरणमा प्रतिनिधि छान्न पाउने अधिकार खोसिएको छ’ उनले भने ।
ओलीले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाए । धाँधली र बुथ कब्जा भएको प्रमाण दिँदा पनि पुनः मतदान नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्