Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

राप्रपाका पशुपति शमशेर जबराले सांसदलाई शसथ गराउने


काठमाडौं ।  प्रतिनिधि सभामा निर्वाचित २७५ सांसदहरुमध्ये सवैभन्दा जेठो सांसद राप्रपाका पशुपति शमशेर जबरा ठहर हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित जबरा नागरिकताका आधारमा जेठो सदस्य देखिएपछि उहाँले अन्य सांसदहरुलाई पुस ७ गते शपथ गराउनुहुने छ ।

यसअघि महेन्द्र यादव, चित्रबहादुर केसी वा पशुपति शमशेर जवरामध्ये को ज्येष्ठ सदस्य भन्ने विवाद थियो । यो विवाद भएपछि संसद सचिवालयले निर्वाचन आयोगको रेकर्ड र नागरिकता भिडाएर ज्येष्ठ सदस्य निर्क्योल गरेको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #पशुपति शमशेर जबरा


तपाईको कमेन्ट लेख्नुहोस्