पत्रकार महासंघ सप्तरी आन्दोलनमा
सप्तरी । समाचार लेखेकै कारण पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई कानूनी दायरामा ल्याउन प्रहरीले तदारुकता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलन थालेको छ ।
सोमबार महासंघले एक विज्ञप्ति जारी गर्दै पहिलो चरणमा पुस ४ गतेदेखि १२ गतेसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्ति अनुसार पुस ५ गते पीडित पत्रकारलाई न्याय र पीडकलाई कारबाहीको मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउने र सोही दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने संघर्षका कार्यक्रम तय गरिएको छ ।
महासंघले पुस ६ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीको औपाचारिक कार्यक्रम बहिष्कार गर्ने, पुस ७ गतेदेखि १२ गतेसम्म सप्तरी प्रहरीका प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
त्यस्तै, पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा दोषीलाई कारबाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गर्ने र पुस १२ गतेसम्म पनि मागप्रति स्थानीय प्रहरी–प्रशासन गम्भिर नभए दोस्रो चरणको आन्दोलनमा जाने विज्ञप्तिमा उल्ल्ेख छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका सप्तरी शाखाका सदस्य अवधेश कुमार झाले कान्तिपुर दैनिक पत्रिकामा राजविराज नगरपालिका कार्यालयको समाचार लेखेका थिए । सोही समाचारलाई लिएर गत मंसिर १९ गते नसरुल राजा र मो। सजाद नामक फेसबुक आईडीबाट ज्यानमार्ने धम्की आएको थियो ।
धम्कीपछि महासंघ शाखा सप्तरीले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले कानूनी प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएको महासंघको आरोप छ । पछिल्लो पटक पुस १ गते महासंघले ४८ घण्टे अल्मिटेम दिँदै संघर्षको कार्यक्रम सुरु गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल पत्रकार महासंघ शाखा सप्तरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्