करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौं । रियल मड्रिडका स्ट्राइकर तथा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा टि्वीटर मार्फत आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
फिफा विश्वकप २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएपछि बेन्जेमाले सन्यासको घोषणा गरेका हुन् । फिफा विश्वकप २०२२ मा टोलीमा रहेका बेन्जेमा अभ्यासको क्रममा तीघ्रामा चोट लागेपछि विश्वकप खेल्नबाट वञ्चित भएका थिए ।
सन् २००७ को मार्चमा अष्ट्रिया विरुद्ध फ्रान्सबाट डेब्यु गरेका बेन्जेमाले फ्रान्सको लागि ९७ खेल खेल्दा ३७ गोल गर्न सफल भएका छन् । बालन डे अवार्डबाट पुरस्कृत बेन्जेमाले नेसन्स लिग जितेसँगै फ्रान्सलाई २०२२ को विश्वकपमा सजिलै क्वालिफाइ गराएका थिए ।
बेन्जेमाले रियल मड्रिडलाई लालिगा, दुईवटा कोपा डे रे र पाँचवटा च्याम्पियन्स लिगसहित २३ वटा उपाधी दिलाउँदै रियल मड्रिडका दोस्रो धेरै गोल गर्ने खेलाडीका रुपमा आफूलाई चिनाएका छन् । करिम बेन्जेमाले फ्रेन्च टोलीमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा पाँचौ स्थानमा आफ्नो नाम दर्ता गराएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #करिम बेन्जेमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्