प्रभावकारी भूमिका खेल्न नवनिर्वाचित सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसबाट निर्वाचित सांसदहरूको स्वागत तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले सांसदहरूलाई प्रतिनिधि सभामा प्रभावकारी भूमिका खेल्न निर्देशन दिनुहुँदै आगामी सरकार गठनका विषयमा छलफल गर्नुभयो ।
छलफलमा नेपाली काँग्रेस निर्वाचनबाट पहिलो पार्टी बनेकाले अब गठबन्धन दलहरुबीच समन्वय र सहकार्य गरेर काँग्रेसकै नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने आफूहरूले धारणा राखेको सांसदहरुले बताउनुभएको छ ।
छलफलमा सांसदहरुले काँग्रेसको नेतृत्वमा सरकार अहिलेको जनादेश भएकाले गठबन्धनलाई कायम राख्दै गठबन्धनमा सामेल हुन चाहने अन्य दललाई पनि साथमा लिएर सरकार गठन गर्नुपर्ने धारणा आएको नेपाली काँग्रेसले जनाएको छ ।
छलफलपछि सञ्चारकर्मीहरुसंग कुरा गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ठुलो दलका हैसियतले काँग्रेसले नै प्रधानमन्त्रीको पद लिनुपर्ने भए पनि अन्य पद बाँडफाँड गठबन्धन दलहरुबीच तालमेल गरेरै अगाडि बढ्नुपर्ने र त्यस विषयमा सत्ता गठबन्धन दलहरूको बैठकले निर्णय लिने बताउनुभयो ।
जनताको जनादेश काँग्रेसकै नेतृत्वमा आगामी सरकार गठन हुनुपर्ने देखिएकाले गठबन्धन दलहरुबीच सहमति भई काँग्रेसकै नेतृत्वमा आगामी सरकार गठन हुने बैठकपछि नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
गठबन्धनको नेतृत्व गरेर निर्वाचनमा होमिएको काँग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ गरी जम्मा ८९ सिटसहित पहिलो दल बनेपछि आगामी सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ भने गठबन्धनको दोस्रो ठुलो घटक नेकपा माओवादी केन्द्रले आलोपालो सहमतिमा पहिला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान लिँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्