राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सांस्कृतिक विचलन ल्याउन सक्छ
काठमाडौं। नेकपा एमालेका महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सांस्कृतिक विचलन ल्याउन सक्ने बताएका छन् ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट प्राप्त परिणामले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएकोप्रति चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सांस्कृतिक विचलनको खतरा पनि बढेको टिप्पणी गरेका हुन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘राजनीतिक अस्थिरताले सामाजिक अराजकता र सामाजिक अराजकताले साँस्कृतिक विचलनतर्फ समाजलाई डोर्याउँदैछ, सचेत बनौँ ।’
सबै नीतिहरूको मुल नीति राजनीति भएको र राजनीति नै गलत दिशातर्फ अघि बढेकाले समाजका हरेक इकाई र अङ्गहरू सचेत रहनुपर्ने उनको भनाइ छ । निर्वाचनले कुनै पनि दललाई सत्ता सञ्चालनको स्पष्ट म्यान्डेट नदिएकाले मुलुक अस्थिरतातर्फ जाने खतरा रहेको उनको टिप्पणी छ ।
पोखरेलले देशको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी राजनीतिक अस्थिरता रोक्न दलहरूले सोचविचार गरेर अधिक प्रयत्न प्रयत्न गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्