प्रचण्डको नेतृत्व एमालेले स्वीकार्दैन, कांग्रेससँग सहकार्य हुनसक्छ: सूर्य थापा
एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वलाई एमालेले स्वीकार नगर्ने बताएका छन् । उनले मुलुकमा स्थिरताका लागि कांग्रेस-एमाले मिलेर सरकार चलाउनुपर्ने धारणा समेत व्यक्त गरेका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले बामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताए । ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन,’ एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ, नभए कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ,’ बुटवलमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा थापाले भने।
यदि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो भने आफ्नो असहमति रहने र ‘नोट अफ डिसेन्ट’ लेख्ने थापाले बताए । विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ ।
थापाले मुलुकको विद्यमान निर्वाचन प्रणालीबारे बहस चलाउनुपर्ने आवश्यकता पनि औंल्याए । संविधान जारी गर्ने बेलामा अहिलेको निर्वाचन प्रणालीको चर्को वकालत गर्नेहरू कसको इशारामा चलेका थिए भन्ने पुष्टि क्रमशः हुँदै गएको थापाले बताए । नेपालमा अस्थिरता निम्त्याउन स्वार्थको रोटी सेक्ने तत्वहरू अहिलेसम्म सफल भएको उनले बताए ।
उनले चुनाव जितेपछि प्यूठानका ६४ वटा वडाका दुई सय वटा टोल विकास संस्थाहरूमा पुगेर मतदातालाई धन्यवाद दिए । उनीहरूको विकासप्रतिको आकांक्षा र पीरमर्कालाई नजिकबाट नियालेको उनले बताए । ‘सडक, पूर्वाधार, पुल, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरामा अब मेरो ध्यान हुनेछ,’ थापाले भने ।
उनले आफूलाई विकासको ‘सिस्टम’ बसाउन चाहेको भन्दै यसका लागि अधिकतम प्रयास गर्ने बताए । प्यूठानमा स्वर्गद्वारी विमानस्थल निर्माण गरिने उल्लेख गर्दै उनले यसको प्रक्रिया अगाडि बढेको जानकारी दिए ।
प्यूठानमा विमानस्थल चल्दैन भन्नेहरूलाई जवाफ दिँदै थापाले भने, ‘सोलुखुम्बुमा सात वटा विमानस्थल छन्, प्यूठानमा नचल्ने प्रश्नै आउँदैन, पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने हो भने हवाई मार्ग हुँदै स्वर्गद्वारीमा लाखौं पर्यटक भित्र्याउन सकिन्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #breaking, #सूर्य थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्