जुता व्यवसायमा प्रत्यक समय नयाँ डिजाईन दिनुपर्ने चुनैति छ !
विगत सात बर्षदेखि बुटवल-१३ बेलबासमा जुत्ता उत्पादन व्यवसायमा संग्लन रहेर काम गरिरहनुभएका स्पीड पोलिमर्स ईन्डष्ट्रीजका प्रबन्ध निर्देशक नारायण भुसाल सँग नेपालमा जुत्ता उत्पादनको अवस्था, चुनौति र सम्भावनाका सम्बन्धमा गरिएको कुराकानि ।
→ आजभोलि के गर्दैहुनुहुन्छ?
जुत्ता उत्पादन व्यवसायकै बजार विस्तार सँग सम्बन्धित काम गरिरहेको छु ।
→ कसको प्रेरणाले यो व्यवसायमा आउनुभयो ?
नेपालमै केही गर्नुपर्छ भन्ने उदेश्य र आदरणिय दाजु शुभाखर पोखरेलको प्रेरणाले म यो व्यवसायमाआएको हु ।
→ कति लगानिबाट यो व्यवसाय शुरु गर्नुभयो ?
करिब एक करोडको लगानिबाट शुरू गर्यौ आवश्यकता अनुसार लगानि थप गर्दै हाल जुत्ता, सँगै चप्पल उत्पादन पनि शुरु गरेका छौ ।
→ हाल जुत्ताका कति भेराईटी उत्पादन गरिरहनु भएको छ ?
जुत्तामा यति नै भेराइटी भन्ने हुँदैन । जुत्ताको डिजाइन र ग्राहकको माग परिवर्तन भई रहने हुनाले ग्राहकको चाहाना अनुसार डिजाइनपरिवर्तत भई रहन्छ । तैपनि हाल ८० ओटा भेराइटी हाराहारीमा उत्पादन गरिरहेका छौ। प्रत्येक समय नया भेराइटी दिनुपर्ने चुनौति यस पेशामा रहेको ।
→ तपाईले कस्तो जुत्ता उत्पादनमा जोड दिनु भएको छ ?
सबै प्रकारका जुत्ता उत्पादन गर्छौ, यद्यपि हाम्रो प्राथमिकता अफिसियल फर्मल, क्याजुअल र स्पोर्ट जुत्ता हो ।
→ तपाइको उद्योगले दैनिक कति संख्यामा जुत्ता उत्पादन गर्ने क्षमता राख्छ ?
हाल देखिएको तरलता अभाव तथा कोभिङ का कारण हाम्रो व्यवसायमा पनि असर परेको हुनाले हामि हाम्रो उद्योगको पूर्ण क्षमतामा उत्पादन गर्न सकिरहेका छैनौ। पुर्ण क्षमतामा काम गर्दा दैनिक ८०० देखि १००० जोर जुत्ता उत्पादन हुन्छ । हामि यसलाई बढाउने प्रक्रियामा छौ ।
→ कच्चा पदार्थ कहाबाट ल्याउनुनुहुन्छ ?
कच्चा पदार्थ भारत र चिनबाट ल्याउछौ ।
→ उत्पादन भएको जुत्ताकहा कहा बिक्री हुन्छ ?
हामीकहा उत्पादन भएको जुत्ता काठमाडौँ, पोखरा पश्चिममा धनगढी लगायत नेपालका मुख्य-मुख्य शहरी ईलाका तथा ग्रामीण भेगमा पुग्छ।
→ कति मानिसलाई रोजगार दिईरहनुभएको छ ?
करिब ४० जनाको संख्यामा कामदार तथा अन्य जनशक्तिले काम गरि रहनु भएको छ। नेपालमा दक्ष जनशक्ति (कालिगढ) अभाव यो व्यवसायका लागि चुनौतिको रुपमा रहेको छ ।
→ जुत्ताको मोडल विकास कसरि गर्नुहुन्छ ?
बजारको माग अनुसार हाम्रा प्रविधिकले जुत्ता डिजाइनको विकास गर्नुहुन्छ। पुराना डिजाइन विस्थापित हुने र नया आउने क्रम चलिरहन्छ।
→ नेपाल जुत्ता व्यवसायमा आत्मनिर्भर के गर्नुपर्छ ?
→ नेपालमा हाल तरलता अभाव कोभिड लगायत विविध कारणले यहाका जुत्ता उद्योग पुर्ण क्षमतामा काम गर्न सकिरहेका छैनन । पुर्ण क्षमतामा काम गर्ने हो भने अहिले पनि हामी आत्मनिर्भर हुने अवस्थामा छौ, खुला सिमाना,अस्वस्थ प्रतिस्पर्धा, बाहिरबाट कच्चा पर्दाथ ल्याउनुपर्ने, बिविध समस्या हुदाहुदै पनि हामि आत्मनिर्भर नजिक छौ ।
→ यस पेसामा आउन चाहने युवा व्यवसायीलाई के भन्न चाहनुहुन्छ?
जुत्ता व्यवसायको बजार गहन अध्ययन यस व्यवसायका सम्भावना, अवसर चुनौतिलाई केलाएर राम्रो गुणस्तर दिन सक्ने गरि अरुभन्दा फरक सोच र शैलिका साथ आउनुहोस भन्न चाहन्छु।
→ अन्तमा यस मिडियामार्फत के भन्न चाहनु हुन्छ ?
नेपालमै संभावनाको खोजि गरौ कुनै पनि व्यवसायमा पृथक विचार र भिजन सहित आउनुभएमा अवस्य सफल हुन सकिन्छ भन्ने सन्देश दिन चाहन्छु ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नारायण भुसाल, #स्पीड पोलिमर्स ईन्डष्ट्रीज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्