टोखाको आभाष कोलोनीमा धमाधम घर बुकिङ, पहिलो २० घर किन्नेलाई ५० लाख छुट
काठमाडौँ, २९ मंसिर । काठमाडौँको टोखा नगरपालिका वडा नं २ पञ्चेटारमा बन्न लागेको आभाष कोलोनीमा धमाधम घर बुकिङ सुरु भएको छ । सीडी इनोभेटिभ डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालिले पञ्चेटारमा ९० देखि ११० घर बन्ने गरी सुविधासम्पन्न कोलोनी निर्माण गर्न लागेपछि कोलोनीभित्र बस्न चाहनेले धमाधम घर बुकिङ सुरु गरेका हुन् ।
एकै ठाउँमा सुविधासम्पन्न कोलोनी निर्माण हुन लागेसँगै धमाधम घर बुकिङ हुन थालेका हुन् । प्रत्येक घरको रु तीन करोड ५० लाखदेखि रु चार करोड ४० लाखसम्म मूल्य तोकिएको छ । पहिलो २० वटा घर किन्नेलाई रु ५० लाख छुट दिन लागिएको हो । २१ औँ घरबाट भने तीन करोड ५० लाख र घर र जग्गाअनुसार मूल्य लाग्दछ ।
नेपालको घरजग्गा व्यवसाय र सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याएका ईन्जिनीयर दिपक कुँवरले शहरी क्षेत्रमा एकीकृत वस्तीको विकास गर्नका लागि आभाष कोलोनी निर्माण गर्न लागेको जानकारी दिनुभयो ।
उहाँ सीडी इनोभेटिभ डिजाइन एण्ड कन्स्ट्रक्सन प्रालिको अध्यक्ष, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अध्यक्ष एवम् नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिको अध्यक्ष समेत हुनुहुन्छ । “परियोजना निर्माणका लागि नगर विकासबाट स्वीकृति लिने चरणमा छौँ, स्वीकृति लिएसँगै परियोजना सुरु गर्छौँ, परियोजनाको घर किन्नेलाई दशैँको अवसरमा भारी छुटको समेत व्यवस्था गरेका छौँ,”– उहाँले भन्नुभयो ।
कुल ४५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त परियोजनामा बन्ने घरहरु नियो क्लासिकल डिजाइनमा बन्ने कुँवरको भनाई छ । निर्माण हुन लागेका सबै घरहरु साँढे दुई तलाको हुनेछन् ।
नयाँ बन्न लागेका घरहरु कुनै कम्पाउण्डले बारेको हुँदैनन् । विदेशमा बन्ने घरहरु जस्तै निर्माण हुने हाउजिङ परियोजनाका घरहरु खुला छोडिने अवधारणा रहेको छ । घरहरु दुईहजार १०० वर्गफीटको चार बेडरुमका हुनेछन् । सबै बेडरुममा अट्याच बाथरुम रहनेछन् । निर्माण हुन लागेका घर पौने ५ आनादेखि ७ आनासम्म बन्नेछन् ।
कम्पनीले घरको मूल्य तीन करोड ५० लाखदेखि अधिकतम चार करोड ४० लाखसम्म तोकिएको छ । कम्पनीले दुई वर्षभित्र घर निर्माण गरेर धनीलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । ईन्जिनीयर कुँवरको समूहले काठमाडौँ उपत्यकामा हालसम्म एक हजार ५०० भन्दा बढी घर निर्माण गरेर घरधनीलाई हस्तान्तरण गरिसकेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्