विदेश जाने युवा जनशक्ति रोक्नु आजको आवश्यकता : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विदेश जाने युवा जनशक्तिलाई रोक्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण विकासमा गुणस्तरीय शिक्षा आवश्यक रहने भन्नुहुँदै राष्ट्रलाई सहयोग पुग्नेगरी दक्ष जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।
केन्द्र, प्रदेश र स्थानीय तहले सक्रिय सहभागिता जनाए सामूहिक विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्ने उदाहरणहरू प्रशस्त रहेको भन्नुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि विद्यालयको भूमिका पनि अहम् रहने बताउनुभयो ।
उहाँले ज्ञान भूमि र शान्ति भूमि नेपालको एकता र सार्वभौमिकता कायम राख्न विद्यालय शिक्षाको भूमिका अग्रणी रहने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले ३० वर्ष भन्दा बढी सेवा गर्ने शिक्षक शिक्षिकालाई दिर्घसेवा पदकबाट सम्मान गर्नुभएको थियो ।
यसैगरी उहाँले स्कुल निर्माणमा सहयोग पुराउनुहुने विभिन्न दाताहरूलाई पनि सम्मान गर्नुभयो ।
कार्यक्रममा बाँसबारी माध्यमिक विद्यालय माहाराजगञ्जका प्रधानाध्यापक अनिलकुमार झाले विद्यालयको अवस्था र क्रियाकलापको बारेमा जानकारी गराउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्