कामचलाउ सरकारले जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिन खोज्यो: ज्ञानेन्द्र शाही
काठमाडौं । राप्रपाका प्रवक्ता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने माग गरेका छन् ।
शाहीले वर्तमान सरकार कामचलाउ सरकार भएकोले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उद्देश्यले अध्यादेश ल्याउने अनैतिक र आपत्तिजनक भएको पनि उल्लेख गरेका छन् । आज ९मंगलबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रपति कार्यालय पुगेको उक्त अध्यादेश राष्ट्रपतिबाट फिर्ता हुनुपर्ने बताएका हुन् ।
शाहीले भने,‘मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा जनताबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र संसद बैठक सुरु हुने वर्तमान पृष्ठभुमिमा अहिलेको कामचलाऊ सरकारले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपंराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उदेश्यले अध्यादेश ल्याउनु अनैतिक र आपत्तिजनक विषय मात्रै नभएर स्वार्थपूर्ण र सत्ता केन्द्रीत राजनीतिको फोहोरी खेलको सुरुवात हो ।’
उनले अहिले सरकारबाट राष्ट्रपति कार्यालय पुगेका उक्त अध्यादेशले कुनैपनि अपराधबाट छुट पाउन राजनीतिक खोल ओढ्नुपर्छ भन्ने सन्देश दिएको पनि टिप्पणी गरे । वर्तमानमा चर्चित मुद्दाहरूमात्र नभइ १० वर्षे द्धन्दका आडमा भएका ब्यक्तिबिरूद्वका अदालतमा चलिरहेका फौजदारी मुद्दाहरू र अवरूद्व संक्रमणकालिन फौजदारी मुद्वाहरूसमेत वर्तमान सरकार यही अध्यादेशको आधारमा फिर्ता, माफि, मिनाहा गराउने प्रकृयामा रहेको उनको आरोप छ ।
उनले अहिलेको यो अध्यादेश पारित भए ईंट्टाभट्टमा जिउँदै मान्छे जलाउने अफ्ताब आलमपनि छुट्ने बताए । आफूले जनप्रतिनिधिको नाताले यो अध्यादेश देश र जनताको हितमा नभएको भन्दै विरोध गरेको शाहीको भनाई छ।
उनले आफूहरु सरकार बनाउने खेलमा नरहेको स्पष्ट पारे । जनमत पनि आफूहरुलाई सरकार बनाउनको लागि नभएको भन्दै त्यतातर्फ नलाग्ने उनको स्पष्टोक्ति थियो । उनले सरकार बनाउनकै लागि जे पनि गर्नु गलत हुने भन्दे अहिले आएको अध्यादेश देशको हितमा नभएको जिकिर गरे। उनले सत्ता प्राप्तिको स्वार्थको लागि अध्यादेश आएको भन्दै यसको खारेजीको माग गरे ।
प्रेस विज्ञप्ति
मिति २०७९/०८/२७
प्रजातान्त्रिक मुल्य मान्यता र बिधिको शासन माथी धज्जी उडाउदै काम चलाउ सरकारले ल्याएको अध्यादेश लाई राष्ट्रपति महोदयले रोकियोस वा अबिलम्ब फिर्ता पठाईयोस ।
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जनताबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र संसद बैठक सुरु हुने वर्तमान पृष्ठभुमिमा अहिलेको कामचलाऊ सरकारले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपंराधमा संलग्नहरु लाई उन्मुक्ति दिने उदेश्यले अध्यादेश ल्याउनु अनैतिक र आपत्तिजनक विषय मात्रै नभएर स्वार्थपूर्ण र सत्ता केन्द्रीत राजनीतिको फोहोरी खेलको सुरुवात हो । न्याय सिध्याउने मानव अधिकार विरोधी अध्यादेश प्रजातन्त्रमा अनुहार होईन प्रणाली हो भन्ने मान्यता विपरित बर्तमान कामचलाउ सरकारले बेमौसम तथा विश्व मानवअिधकार दिवसको सेरोफेरोमा मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४, को दफा ११६ मा भएका फौजदारी मुद्दा फिर्ता सम्बन्धमा कार्यबिधि को उपदफा १९८ पछि “यस दफामा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकार बादी भई दायर भएका मुद्दा फिर्ता लिने गरि सहमति भएको रहेछ र त्यस्तो संझौता बमोजिम त्यस्ता राजनैतिक दल वा समुहका नेता तथा कार्यकर्ताका बिरूद्दमा नेपाल सरकार बादि भइ चलाइएका मुद्दा जुनसुकै तहको अदालतमा बिचाराधिन रहेको भएतापनि फिर्ता लिन बाधा पर्ने छैन “भन्दै उपदफा ९ थपगरि राष्ट्रपतीसमक्ष लालमोहरका लागि पेश गरेको बिबादस्पद अध्यादेश ले निम्न सन्देश दिने देखिन्छ ।
१०कुनै पनि अपराधबाट बच्न राजनितिको खोल ओढ्नुपर्छ ।
२० निहित स्वार्थको मुद्दा फिर्ता गर्नको लागि दलहरू जुनसुकै मान्यता र कानुनको खिल्ली उडाउछन ।
३० बर्तमानमा चर्चित मुद्दाहरू मात्र नभइ १० बर्षे द्धन्दका आडमा भएका ब्यक्ति बिरूद्वका अदालतमा चलिरहेका फौजदारी मुद्दाहरू र अबरूद्व संक्रमणकालिन फौजदारी मुद्वाहरू समेत यो सरकार यहि अध्यादेशको आधारमा फिर्ता, माफि, मिनाहा गराउने प्रकृयामा छ ।
४०सरकार र दलहरू आफ्नो अनुकुलतामा दण्डहिनताको पक्ष पोषण गरिरहन्छन र पिडितको अधिकार र न्याय प्रति कहिल्यै सकारात्मक छैनन।
५० सरकार, संबिधान कानुन नेपाल पक्षभएका अन्तराष्ट्रीय सन्धि महासन्धि केहि पनि पालना गर्दैन वा अनुकुलतामा प्रयोग गर्छ ।
६०दलिय राजनितिको खोल ओडिसकेपछि कुनै पनि ब्यक्ति समुहले भबिश्यमा जुनसुकै अपराध गर्दापनि उन्मुक्ती पाउँछ ।
जनताबाट १६५ जना सांसदहरू प्रत्यक्ष रूपमा निर्वाचित भइसकेका छौ समानुपातिक तर्फका ११० जना निर्वाचित हुने प्रक्रिया पूरा भैसको छ। मुलुकको कानुन बनाउन आवधिक निर्वाचनबाट निर्वाचित २७५ जना सांसदहरू केही हप्तामा प्रतिनिधि सभामा प्रवेश गर्दै छौ। प्रजातान्त्रिक आधारभूत प्रबन्ध भनेकै जनताले आफ्ना लागि आफैं कानुन बनाउने हो। आफैंले कानुन बनाउने त्यो सार्वभौम अधिकारको प्रयोग जनताले आफ्ना प्रतिनिधिमार्फत गर्छन् ।जनताका निर्वाचित प्रतिनिधिले जनताका लागि काम गर्ने सरकार चुन्छन र त्यो सरकार र आम नागरिकलाई बाँध्ने कानुन बनाउँछन्। । त्यो कानुनभन्दा माथि कोही हुँदैन र मुलुकमा कानुनको शासन हुन्छ। आधुनिक प्रजातान्त्रमा सबभन्दा ठूलो महानत्ता र मर्म यसैमा निहीत छल । सत्ताबाहेक केही पनि नदेख्ने, प्रजातन्त्रको कुनै पनि मूल्य र सीमाको ख्याल नगर्ने पुराना दलका सूर्य९चन्द्रझैं चिरस्थायी पुराना नेताहरूले भने प्रजातान्त्रको यो मर्ममाथि बारम्बार प्रहार गर्ने गरेका छन्। अहिले फेरि त्यही भएको छ।
प्रजातान्त्रिक मुल्य मान्यता र बिधिको शासन माथी धज्जी उडाउदै काम चलाउ सरकारले ल्याएको अध्यादेश लाई राष्ट्रपति महोदयले अबिलम्ब फिर्ता पठाईयोस ।
ज्ञानेन्द्र शाही
राप्रपा प्रवक्ता एंवम नवनिवाचित प्रतिनिधिसभा सदस्य
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्रबहादुर शाही
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्