राष्ट्रिय जनमोर्चाले गर्यो अध्यादेशको बिरोध
काठमाडौं । वर्तमान सत्ता गठबन्धनकै घटक दल राष्ट्रिय जनमोर्चाले पनि देउवा सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ ।
सरकारले अध्यादेश ल्याएर रेशम चौधरीलाई आममाफी दिन लागेकोप्रति जनमोर्चाले आपत्ति जनाएको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज मंगलबार विज्ञप्ति जारी गर्दै सरकार बनाउन बहुमत पुर्याउनका लागि मात्रै अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
‘रेशम चौधरी लगायतका अन्य अन्यायमा परेका कारण होइन, सरकार बनाउन बहुमत पुर्याउने उद्देश्यले नै रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट छ। आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने छ,’ विज्ञप्तिमा भनिएको छ ।
राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुने खतरा बढेको बताउँदै उनले सरकार बनाउन बहुमत पुर्याउने उद्देश्यले दण्डहीनतालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत भएको बताएका छन् ।
यस्तो छ विज्ञप्ति–
टिकापुर जघन्य हत्याकाण्डका रेशम चौधरी मुख्य नाइकेको भूमिकामा थिए । त्यसैले अदालतले उनलाई जेल सजायको फैसला गरेको थियो । वर्तमान काम चलाउ सरकारले रेशम चौधरी समेतका व्यक्तिहरु जो विभिन्न फौजदारी अपराधमा जेल सजाय भोगिरहेकालाई जेल मुक्त गर्नका लागि नै फौजदारी कार्यविधि संहितामा संशोधन गर्न खोजेको छ । रेशम चौधरी लगायतका अन्य अन्यायमा परेका कारण होइन सरकार बनाउन बहुमत पु¥याउने उद्देश्यले नै रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट छ । आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहिनता बढ्ने छ । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण हुने खतरा बढ्ने छ । त्यसैले सरकार बनाउन बहुमत पु¥याउने उद्देश्यले दण्डहितालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत छ । त्यो गलत निर्णयको हामीले घोर विरोध तथा भत्र्सना गर्दछौं ।
मिति २०७९ मंसिर २७
क्याटेगोरी : समाचार
ट्याग : #चित्रबहादुर केसी, #राष्ट्रिय जनमोर्चा, #राष्ट्रिय जनमोर्चाले गर्यो अध्यादेशको बिरोध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्