Techie IT
बुधबार, कात्तिक २६,२०८३

ठमेलमा अव्यवस्थित तार र हाेडिङ बोर्ड हटाउन सुरु


काठमाडौं । प्रमुख पर्यटकीय नगरी ठमेल क्षेत्रको अवस्थित इन्टरनेटका तारहरु व्यवस्थापनको काम सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद् (टिटिडिसि) ले ठमेललाई व्यवस्थित र सुन्दर नगरिको रुपमा विकास गर्न पोलहरुमा अव्यवस्थित रुपमा राखिएका इन्टरनेटका तार र होडिङ बोर्ड हटाउन सुरु गरेको हो।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलको सौन्दर्यमा असर परेकाले सम्बन्धित सेवा प्रदायक, काठमाडौं महानगरपालिका र सम्बन्धित वडा कार्यालयहरुसंगको सहकार्यमा एक सातदेखि तीब्र रुपमा काम भइरहेको जानकारी दिनुभयो । अबको १५ देखी २० दिनभित्र तार र बोर्ड व्यवस्थापनको काम सकिने उहाँले जानकारी दिनुभयो ।

यस कार्यलाई सहयोग गरिदिनुहुन सम्पुर्ण ठमेलका घर धनीहरु र व्यवसायीहरुलाई आग्रह पनि गर्नुभएको छ । तार व्यवस्थापनको काम सकिए लगत्तै सिसिक्यामेरा जडानको काम सुरु गर्ने र त्यसपछि सडक पट्टि फर्किएका सबै घरहरूमा रङ्गरोहन गरिने पनि अध्यक्ष शर्माले बताउनुभयो ।

बिदेशी मात्र नभइ स्वदेशी पर्यटनको पनि रोजाइमा पर्ने ठमेल नेपाल भ्रमणका लागि आउने ८० प्रतिशत बिदेशी घुम्न आउने गरेको बताइन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ठमेल


तपाईको कमेन्ट लेख्नुहोस्