गठबन्धन नेतृत्वको सरकारमा लोसपा सहभागी हुने
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने भएको छ ।
लोसपा शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्छौं ।’
पार्टीका अर्का वरिष्ठ नेता राजेन्द्र महतो उपत्यका बाहिर रहेको कारणले पनि कार्यकारिणी समितिको बैठकमा ढिलाइ भइरहेको छ । सर्लाही २ बाट चुनावमा परिजाति भएका नेता महतोले मतदातालाई धन्यवाद दिनका आफ्नो क्षेत्र पुगेका छन् ।
लोसपाले प्रतिनिधि सभामा ४ वटा सिट जितेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #लोकतान्त्रिक समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्