सुनसरी काँग्रेसमा मनोनीत जिल्ला सदस्यहरू बर्खास्त
सुनसरी । नेपाली काँग्रेस जिल्ला समिति सुनसरीले मनोनीत जिल्ला सदस्य तथा विभाग प्रमुखहरूलाई बर्खास्त गरेको छ ।
मङ्सिर २५ गते बसेको जिल्ला समितिको बैठकले यसअघि मनोनयनमा परेका जिल्ला सदस्य तथा विभाग प्रमुखहरूलाई हटाउने निर्णय गरेको हो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन पूर्व जिल्ला सभापति केदार भण्डारीले सदस्य तथा विभाग प्रमुखहरू मनोनीत गरेका थिए । पार्टीलाई चलायमान बनाउन जिम्मेवारीविहीन भएका कार्यकर्तालाई मनोनीत गरेको उनले बताएका थिए । पार्टीको विधानको परिच्छेद ३ को १२ (५) (ख) २ र (७) (ज) को अधिकार अनुसार जिल्ला सदस्य, विभाग प्रमुख र संयोजकको पद विघटन गरिएको भण्डारीले जनाएका छन् ।
त्यस्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गर्ने र गठबन्धनका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्तालाई कारबाहीको सिफारिस गर्ने निर्देशन दिएको छ ।
सचिव वीरेन्द्र कुमार शाह र माधव घिसिङले हस्ताक्षर गरेको पत्रमा पुस ३ गतेभित्र वडा समितिले र ५ गते पालिका, ७ गते प्रदेशसभा क्षेत्रीय समिति र १० गते क्षेत्रीय समितिको बैठक बसी १२ गतेभित्र जिल्ला समितिमा बुझाउनुपर्ने बताइएको छ ।
१४ औँ महाधिवेशनमा गठन हुन बाँकी महासमितिको निर्वाचन पुस मसान्तभित्र सम्पन्न गर्न समेत पत्राचार गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #सुनसरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्