अवैध सालको काठसहित मोटरसाइकल बरामद
चितवन । चितवनको भोजाडबाट प्रहरीले अवैध सालको काठसहित मोटरसाइकल बरामद गरेको छ । अस्थायी प्रहरी चौकी भोजाडबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले आज (आइतबार) बिहान एक बजेको समयमा भरतपुर महानगरपालिका ११ भोजाडस्थित खगेरी पुल नजिकै रहेको नवजागृती सामुदायिक वनबाट तीन थान सालको गोलिया काठसहित मोटरसाइकल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अवैध रूपमा लुकाइछिपाई पदमपुरतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेपछि ना १६ प २०५७, ना ६ प २६४२ र ग ४ प ५९४३ नम्बरको मोटरसाइकल र काठलाई त्यहीँ छाडेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ । बरामद गरिएको काठ र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घट्नाबारे थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्