जसपामा मधेश प्रदेशको समानुपातिक सूचीलाई लिएर विवाद उत्पन्न
जनता समाजवादी पार्टी नेपाल (जसपा)मा मधेश प्रदेशको समानुपातिक सूचीलाई लिएर विवाद उत्पन्न भएको छ । मधेश प्रदेशमा प्रत्यक्षमा नौ सीट जितेको जसपाले समानुपातिकमा सात सीट पाएको छ ।
सात सीटमध्ये ६ जना महिला र एकजना पुरुष चयन गर्नुपर्नेमा विवाद देखिएको हो । एकजना पुरुष पठाउनुपर्नेमा त्यहाँ ३ जनाको नाम आएका छन् । मधेसी कोटामा मनिष सुमन, दलित कोटामा चन्देश्वर सदा र मुस्लिम कोटामा मोहम्मद युसुफ खाँको दावी रहेको छ ।
हिजो बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा मुख्य विवाद यसैमा थियो । स्रोतका अनुसार बैठकमा कुरा नमिलेपछि सातजना महिला र तीनजना पुरुषसहित १० जनाको नाम निर्वाचन आयोगमा पठाइएको छ । आयोगले जसको नाम टुग्याउँछ, त्यसलाई पार्टीले स्वीकार गर्ने भनेर १० जनाको नाम पठाएको एक नेताले जानकारी दिए ।
आयोगमा महिलामा बिन्दु यादव, किरण साह, ममता मण्डल, शोभादेवी साहु, सहिदा खातुन, सन्जिला यादव र ललिता बिद्रोहीको नाम गएको छ भने पुरुषमा मनिष सुमन, चन्देश्वर सदा र युसुफको नाम गएको छ । तीनजना पुरुषमध्ये एकजना जुन कलष्टरबाट चयन हुन्छन् सोही कलष्टरको आधारमा सातजना महिलामध्ये एकजनाको नाम हटाइने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्