रोनाल्डोलाई गर्लफ्रेन्ड जर्जिनाको सान्त्वना- आज तिम्रो साथी र प्रशिक्षकले गलत निर्णय गरे
दोहा। पोर्चुगल विश्वकपको क्वाटर फाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेन्ड जर्जिना रोड्रिगुएज पुनः प्रशिक्षक फर्नान्डो सान्तोसमाथि खनिएकी छिन्।
रोनाल्डोलाई फेरी सुरुआती-११ मा नराखेपछि जर्जिनाले सान्त्वना दिँदै प्रशिक्षक सान्तोषले गलत निर्णय गरेको उल्लेख गरेकी छिन् ।
खेलपछि भक्कानिएर बाहिरिएका रोनाल्डोलाई सान्त्वना दिँदै जर्जिनाले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्, ‘आज तिम्रो साथी र प्रशिक्षकले गलत निर्णय गरेका छन् ।’
प्रशिक्षक सान्तोसले क्वाटर फाइनलमा रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराएका थिए। मोरक्कोले पहिलो हाफमै अग्रता लिएको थियो। यसअघि प्रिक्वाटरफाइनलमा पनि सान्तोसले रोनाल्डोलाई सुरुवाती- ११ मा समावेश गरेका थिएनन्। सान्तोषले आफूलाई रोनाल्डोको साथीका रूपमा उल्लेख गर्दै आएका छन्।
रोनाल्डोले सान्तोषको निकै प्रशंसा गर्ने गरेको भए पनि सान्तोषले पछिल्लो समय उनीप्रति गलत निर्णय गर्दै आएको जर्जिनाको भनाई छ। जर्जिना शनिवारको पोर्चुगल-मोरक्को खेल हेर्न मैदानमै पुगेकी थिइन्। तर आफूलाई सुरुवाती-११ मा नराखेपछि रोनाल्डो बेन्चमा निकै निराश देखिन्थे।
‘त्यही मान्छेले तिमीलाई मैदानमा राख्दा धेरै कुरा परिवर्तन भएको थियो तर यो ढिलो भइसकेको थियो’, रोनाल्डोलाई दोस्रो हाफमा मैदान छिराइएपछि आएको परिवर्तन संकेत गर्दै जर्जिना लेख्छिन्, ‘सर्वोत्कृष्ट खेलाडीलाई अन्डरएस्टीमेट गर्न हुँदैन, किनभन्दा सबैभन्दा शक्तिशाली हतियार उनै हुन्छन्। जीवनलाई हामीले पाठ दिन्छ। आज हामीले हारेनौँ, सिक्यौँ। हामी तिम्रो प्रशंसा गर्छौँ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #क्रिस्टियानो रोनाल्डो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्