कैलालीको एउटै क्षेत्रबाट तीन महिला सांसद
धनगढी । प्रतिनिधिसभामा कैलालीको एउटै निर्वाचन क्षेत्रबाट तीन जना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ ।
कैलाली क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित एक जना र समानुपातिकतर्फ दुई गरि तीन जना महिला सांसदको सहभागिता हुने भएको हो ।
दलहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेश गरेको पछिल्लो विवरणमा क्षेत्र १ बाट दुई जना महिला उम्मेदवारको नाम सिफारिस भएको छ । योसँगै एउटै क्षेत्रबाट प्रतिनिधिसभामा तीन जना महिला सांसदको यात्रा तय भएको छ ।
यो क्षेत्र १ बाट २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा रेशम चौधरी निर्वाचित भएपनि जनता सांसद विहीन झैँ हुनुभएको थियो । चौधरीलाई टिकापुर घटनामा अदालतले दोषी ठहर गर्दै कारावासको फैसला गरेपछि चौधरी कारागारमा रहनुभएको छ ।
बिगत ५ वर्षमा जनप्रतिनिधि विहीन यो क्षेत्रले यसपालिको निर्वाचनबाट तीन जना सशक्त महिला सांसद पाएको छ । कैलाली क्षेत्र १ बाट प्रत्यक्षतर्फ नागरिक उन्मुक्ति पार्टीका रन्जिता श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यस्तै समानुपातिकतर्फ नेपाली काँग्रेसबाट ईश्वरी न्यौपाने र नेकपा माओवादी केन्द्रबाट रुपा सोसी चौधरी सिफारिस हुनुभएको छ ।
श्रेष्ठ नागरिक उन्मुक्तिका केन्द्रीय अध्यक्ष हुँदा न्यौपाने काँग्रेस केन्द्रीय सदस्य र चौधरी माओवादीका केन्द्रीय सदस्य रहनुभएको छ । श्रेष्ठको संसदीय यात्रा पहिलो रहँदा न्यौपाने र चौधरी दुवै जनाले यस अघि संविधानसभा सदस्यमा निर्वाचित भएर संसदीय अनुभव लिई सक्नुभएको छ ।
पार्टीभित्र प्रभावशाली नेताका रुपमा हेरिने तिनै जना महिला एकै पटक, एक साथ संघीय संसदमा चुनिदा यस क्षेत्रको विकास, महिला सशक्तीकरण, सामाजिक रुपान्तरणका लागि निकै सहयोग पुग्ने राजनीतिक बिश्लेकहरुको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कैलाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्