जनमत पार्टीले निर्वाचन आयोगमा बुझायो समानुपातिक सांसदको नाम

काठमाडौं । जनमत पार्टीले समानुपातिकतर्फ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ १ सिट जितेको पार्टीले समानुपातिकतर्फ ५ सिट प्राप्त गरेको थियो ।
पार्टीले प्रतिनिधि सभा समानुपातिक सदस्यमा अनिता साह र बसन्तकुमार कुशवाहा (मधेशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य)लाई सिफारिस गरेको छ ।
त्यसैगरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत, अनिताकुमारी साह (मधेशी महिला), चन्दनकुमार सिंह (मधेशी अल्पसंख्यक), रञ्जुकुमारी खंग (खत्वे) (दलित महिला), बसन्तकुमार कुशवाहा (मधेशी), हसिना खातुन (मुस्लिम महिला) र भाग्यश्री कुमारी चौधरी (आदिवासी जनजाति महिला) सिफारिस गरिएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिक सदस्यमा सुमन शर्मा रायमाझी र आदिवासीतर्फ गिता गुरुङलाई सिफारिस गरेको छ ।
नमत पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सिट र प्रदेशसभामा मधेस प्रदेशमा ६ र लुम्बिनीमा १ गरी ७ प्रदेशसभा सदस्य जितेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #जनमत पार्टी, #निर्वाचन आयोग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्