इच्छाकामना न्यूजद्वारा पत्रकार भीमलाल श्रेष्ठसहित छ जना सम्मानित
गोरखा । इच्छाकामना न्यूज डटकमको पाचौँ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । स्मारिका बिमोचन एवं सम्मान कार्यक्रमसहित कुरिनटारस्थित सिद्धार्थ रिसोर्टमा वार्षिकोत्सव मनाइएको कार्यकारी सम्पादक चित्र गुरुङले बताए ।
इच्छाकामना न्यूज डटकमका सम्पादक देवराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि चितवनका प्रदेश सांसद कृष्ण प्रसाद सिलवाल, चितवन जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिना, शहीदलखन गाउँपालिका अध्यक्ष रमेश थापा लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान गरेका ब्यक्तिहरुलाई सम्मान गरिएको छ । पत्रकार महासंघ गोरखाका पूर्वअध्यक्ष एवं कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता भीमलाल श्रेष्ठलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको थियो । यस्तै शहीदलखन गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत एवं प्रथम शहीद लखन थापाबारे खोज अनुसन्धानमा लागि परेका अध्येता जीवन आले मगरलाई पनि सम्मान गरिएको थियो ।
निमुखा जनताको कविको रुपमा चिनिएका आँबुखैरेनीका अनिल श्रेष्ठ, तेक्वान्दो खेलाडी इच्छाकामना गाउँपालिकाकी सुप्रिका गुरुङ, अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो इन्जिनियर मनिष चेपाङ, ग्रामिण पत्रकारिताका एक हस्तीको रुपमा चिनिएका इच्छाकामनाका रोहिणीप्रसाद त्रिपाठी लगायतलाई सम्मान गरिएको कार्यकारी सम्पादक गुरुङले बताए ।
सोही अवसरमा इच्छाकामना न्यूज डटकमले तयार गरेको स्मारिका प्रकाशन समेत गरिएको थियो । स्मारिकामा बिभिन्न ब्यक्तित्वहरुको जिवनी, लेख रचना समेटिएको छ । जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगायतको कार्यक्रममा उपस्थिती थियो ।दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #भीमलाल श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्