यसपटक गोरखामा १० जना सांसद निर्वाचित
दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र भएको गोरखामा यसबर्ष १० जना सांसद निर्वाचित भएका छन् । विभिन्न पार्टीबाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ४ जना गरी १० सांसद निर्वाचित भएका हुन् ।
सबैभन्दा धेरै माओवादी केन्द्रबाट चारजना सांसद यस पटक गोरखाबाट निर्वाचित भएका छन् । त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभामा गरी कांग्रेसबाट तीनजना, एमालेबाट एकजना, परिवार दलबाट एक र नेपाल समाजवादी पार्टीका एकजना निर्वाचित भएका छन् ।
माओवादीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट पुष्पकमल दाहाल(प्रचण्ड) र समानुपातिकबाट हितराज पाण्डे निर्वाचित भएका छन् । प्रदेशसभातर्फ प्रत्यक्षबाट कृष्ण धिताल र समानुपातिकबाट सुशीला सिँखडा निर्वाचित भएका छन् ।
त्यस्तै कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षबाट राजेन्द्र बजगाईँ र प्रदेशसभामा प्रत्यक्षबाट सुरेन्द्रराज पाण्डे र नन्दप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
त्यसैगरी नेकपा एमालेबाट प्रदेशसभामा समानुपातिकबाट दिनेशचन्द्र देवकोटा र एमालेबाटै नेपाल परिबार दलका एकनाथ ढकाल प्रतिनिधिसभामा सांसद चयन भएका छन् । नेपाल समाजवादी पार्टीबाट प्रत्यक्षबाट फणिन्द्र देवकोटा निर्वाचित भएका छन् ।
शनिबार राजनीतिक दलहरुले आ(आफ्ना पार्टीबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि शनिबार समानुपातिक बन्दसूचीबाट सांसदका लागि नाम चुनेका हुन् ।
पार्टीका तर्फबाट चुनिएकाहरुलाई निर्वाचन आयोगले आउँदो सोभबार विधिवत रुपमा नाम घोषणा गर्ने जनाएको छ ।
यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा गोरखाबाट नौ जना सांसदले प्रतिनिधित्व गरेका थिए ।दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #यसपटक गोरखामा १० जना सांसद निर्वाचित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्