चम्पावती जलविद्युत आयोजना कार्यालयमा आगजनी र तोडफोड
गोरखा। चम्पावती जलविद्युत आयोजनाका कारण राइनासटारको १२०० हेक्टर खेत सुख्खा लाग्ने भन्दै किसानहरुले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारी साधनमा आगजनी गरेका छन् ।
शनिबार कार्यालय परिसरमा पुगेका पाँचसय जना भन्दा धेरै स्थानीय किसानले जलविद्युत आयोजना कार्यालयमा आक्रमण गरेका घटनाका प्रत्यक्षदर्शी सुजन न्यौपानेले जानकारी दिए ।
राइनासटार सिँचाइ आयोजनाको बाँधभन्दा दुईसय मिटर तल जलविद्युत आयोजनाको निकास हुँदा खेतमा सुख्खा लाग्ने हुँदा बाँध माथि निकास हुने गरी आयोजना बनाउन लामो समयदेखि किसानहरुले माग गरिरहेका थिए ।
तर निर्माण कम्पनीले किसानहरुको माग सम्बोधन नगरेको भन्दै किसानहरु आक्रोशित भएका उनको भनाइ छ । आक्रोशित किसानहरु शनिबार दिउसो १ बजेतिर सो हाइडूो पावर कम्पनीको सिरानचोक गाउँपालिका (२ पाण्डेवेशीस्थित कार्यालयमा पुगेका थिए । आन्दोलनको क्रममा उछृङ्खल समूहले कार्यालयमा तोडफोड र सवारी साधनमा आगजनी गरेका हुन् ।
आक्रमणबाट आयोजनाको एउटा कार्यालय भवन तोडफोड भएको, दुईवटा मोटरसाइकल तथा एउटा मिनीटूक र एउटा एक्साभेटर जलाएर पूर्ण रुपमा नष्ट गरेका गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए ।
आक्रमणबाट चार, पाँच करोड बराबरको क्षति भएको चम्पावती जलविद्युत आयोजनाका प्रवद्र्धक हरेराम ढकालले बताए । ‘बाँधभन्दा माथि नै निकास खस्छ । तर कसैको उक्साहटमा किसानहरु त्यसरी अराजक भएर आउनु दुखद भयो’, उनले भने, ‘अब हामी क्षतिपूर्ति र कारबाहीका लागि अघि बढ्छौँ ।’
प्रहरीले घटनाको अनुसन्धान गरी घटनामा संलग्नको खोजी कार्य गरिरहेको एसपी खनालले बताए । दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #चम्पावती जलविद्युत आयोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्