डडेल्धुरामा लागु औषध (चरेश) सहित एकजना पक्राउ
डडेल्धुरा । डडेल्धुराको बागबजार नजिकै लागु औषध (चरेश) सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–१ ढुनढुनेका ५८ वर्षीय बिरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले बताएको छ । शनिबार बेलुकी अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागु औषध (चरेश) रहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त पदार्थ फेला परेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरिक्षक भट्टका अनुसार ऐरलाई हिरासतमा राखिएको छ भने आज (आइतबार) जिल्ला अदालत डडेल्धुरामा पेश गरिने छ । उनको साथबाट लागु औषध (चरेश जस्तो देखिने कालो पदार्थ) ६.५४० किलोग्राम बरामद गरिएको छ ।
लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम १ वर्ष देखि ३ वर्षसम्म कैद सजाय र ५ हजार देखि २५ हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #पक्राउ, #रेश सहित एकजना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्