सञ्चारमाध्यामले लैंगिकताको विषयमा समाचार प्रकाशन गर्दा संवेदनशीलतालाई ध्यान दिनु जरुरी – अध्यक्ष बस्नेत
सीता पौडेल (अर्चना)
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृण्ण बस्नेतले आम पत्रकार तथा सञ्चारमाध्यामले लैंगिकताको विषयमा समाचार तथा सूचनाजन्य सामाग्री संकलन,प्रकाशन तथा प्रसारण गर्दा पत्रकार तथा आम सञ्चारमाध्यामले विषयप्रतिको संवेदनशीलतालाई ध्यान दिनु जरुरी रहेको बताउनु भएको छ ।
यूनेस्कोको सहयोगमा काउन्सिलद्धारा हालै काठमाडौंमा आयोजित लैंगिक संवेदनशील समाचार रिपोर्टिङ सम्बन्धी दुई दिने प्रशिक्षणमा अध्यक्ष बस्नेतले पत्रकारले सधैं पत्रकारिताको धर्म र मर्मलाई ख्याल गर्दै पेशाप्रति कटिबद्ध हुनु पर्ने बताउनु भयो।
न्युजरुम र समग्र पत्रकारिता लैंगिक मैत्री बनाइनका लागि काउन्सिल पत्रकार तथा सञ्चारमाध्यामसँगै सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै उहाँले महिला ,पुरुष र यौनिक तथा अल्पसंख्यकका विषयलाई समान प्राथमिकतामा राख्न सके मात्र पत्रकारिता लैंगिक मैत्री बनेको ठहरीने स्पष्ट पार्नु भयो।

अध्यक्ष बस्नेतले हल कार्यान्वयनमा रहेको अनलाइन सञ्चार माध्याम सञ्चालन निर्देशिका २०७३ (पहिलो संशोधन २०७४ ,तथा दोस्रो संशोधन २०७४) एक वर्षमा दुई पटक संशोधन गर्दा पनि यसले अनलाइन पत्रकारितामा देखिएको चुनौतिलाई सम्बोधन गर्न नसकेकाले संशोधनको थप आवश्यक्ता औल्याउनु भयो।
क्याटेगोरी : समाचार
ट्याग : #press council, #बालकृण्ण बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्