गोगंबु देखी बसुन्धारा सम्मको डुवान समस्या समाधान गर्ने मेयर अधिकारीको सक्रीयता
टोखा काठमाडौं । टोखा नगरपालिकाको वडा नं ५,७,९ र १० को डुवान समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्ने नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सक्रीयता बढाउनु भएको छ ।
बर्षामा हुने डुवान समस्यालाई जनभावना अनुसार यथासिघ्र समाधान गर्ने प्रमुख प्रकाश अधिकारीले बिशेष चासोका साथ लागी रहुभएको हो ।
सोही सन्र्दभमा आज चक्रपथ सुधार आयोजना प्रमुखसंग भेटघाट गरि यथासिघ्र ढल राख्न आग्रह गर्नुभएको छ । ।
चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकी देखि चाबहिलसम्म ८ लेनको सडक निमार्णको सुरुवात गरिएको छ । हाल टोखा नगरपालिकामा पर्ने गोगंबु देखी धापासी बसुन्धारा सम्मको सडकमा यथासिघ्र ढल राखी सडकको काम समयमै सम्पन्न गर्ने मेयर अधिकारीले आग्रह गर्नुभएको हो ।
सडक बिस्तार आयोजनालाई टोखा नगरपालिकाको तर्फबाट सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धताका साथ सर्बेसाधारणलाई बर्सामा हिलो र हिँउदमा धुँलोको सास्ती खेप्नपर्ने बाध्यतालाई छिटै अत्य गराउन मेयर अधिकारीले जोड दिनु भएको छ ।
सो कार्यक्रममा वडा अध्यक्ष नरोतम राणा , वडा सदस्य गोपी पाठक , वडा अध्यक्ष रामभक्त घिमिरे लगायतका जनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।
हाल सो सडक खण्डमा हिम पाइप राख्ने तयारी भैरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोगंबु देखी बसुन्धारा सम्मको डुवान समस्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्