नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । सेयर बजार परिसूचमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १६.६१ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १९१७.२८ अंकमा बन्द भएको छ । होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।
होटल तथा पर्यटन उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.२८ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । मर्जर सम्झौतापछि कारोबार रोकिएको ग्लोबल आईएमई बैंकको सेयर धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार खुलेसँगै बुधबार ९.२९ प्रतिशतले गिरावट भएको छ । जसले बैंकिङ उपसूचकमा उच्च गिरावटको लागि सहयोग भएको छ ।
यस्तै नाडेप लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा शिवम् सिमेन्टको सेयर मूल्य ४.८६ प्रतिशतले गिरावट भएको छ । यता खप्तड लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.०९ प्रतिशतले वृद्धि हुँदा कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ५.१५ प्रतिशत र ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्य ४.४२ प्रतिशतले वृद्धि भएको छ । बुधबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा १५९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ ।
सानिमा बैंकको संस्थापक सेयर ५१ लाख कित्ता कारोबार हुँदा बुधबारको कारोबार रकम भने बढेको छ । बैंकको ६७ करोड २ लाख ९३ हजारको संस्थापक सेयर कारोबार हुँदा बुधबार बजारमा कुल १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । ८० लाख ९२ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । मंगलबार
बुधबार शिवम् सिमेन्टको १३ करोड ८५ लाख ५४ हजार र नबिल बैंकको ४ करोड ५२ लाख ८८ हजारको कारोबार भएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्सेमा दोहोरो अंकको गिरावट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्