तारा एयरको जहाजमा चरा ठोकियो
सुर्खेत । नेपालगञ्जबाट हुम्लाका लागि उडेको तारा एयरको कार्गो जहाजमा चरा ठोकिएर सामान्य क्षति पुगेको छ ।
आज दिउँसो सवा १२ बजे हुम्लाको मुने लेक नजिकै पुग्दा चिल ठोकिएर जहाजको नोजमा प्वाल परे पनि सकुशल अवतरण भएको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिनु भयो ।
उहाँले तारा एयरको (नाइनएनएकेएल) नम्बरको जहाजको अगाडिपट्टिको भागमा चील ठोकिएर सामान्य क्षति पुगेकाले मर्मतका लागि इन्जिनियर आएपछि मात्र उडान हुने बताउनुभयो । उहाँका अनुसार जहाजमा पाइलटसहित ३ जना सवार थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारा एयर, #तारा एयरको जहाजमा चरा ठोकियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्