स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश
काठमाडौँ ।कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहास्थित एजुकेशन सिटी रङ्गशालामा आज भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । त्यस्तै मोरक्कोका बदर बनोउनेले भने गोल गर्न सकेनन् । स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो भने कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको प्रहारलाई मोरक्कोका गोल रक्षक यासिन बोनोले बिफल बनाएका थिए ।
अब मोरक्काले अन्तिम आठमा पोर्चुगल र सर्वियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल र सर्वियाबीचको खेल आज राति १२ः४५ बजे हुनेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #मोरक्को, #स्पेनलाई पराजित गर्दै मोरक्को क्वार्टरफाइनलमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्