हँसिया प्रहार गरि भिनाजुले गरे सालोको हत्या
धनगढी । कैलालीमा हँसिया प्रहार गरि भिनाजुले सालाको हत्या गरेका छन् भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जोशीपुर गाउँपालिका ६ कुमारीवागमा स्थानीय गौरीलाल ढुङ्गानाले हँसिया गरी प्रहरी ३२ बर्सिया पदमराज भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।
हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीको अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । हत्यामा संलग्न भनिएका ढुङ्गाना नातामा भिनाजु पर्ने र भण्डारी साला रहेको प्रहरीको भनाई छ । यस्तै ढुङ्गानाले प्रहार गरेको हँसिया लागेर अर्का जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । जयराज पनि नातामा गौरीलालका साला हुन् ।
गएराती भएको उक्त हत्यामा घटना संलग्न ढुङ्गाना फरार रहेको र उनको खोजी कार्यमा प्रहरी टोली परिचालन गरिएको कैलालीका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्